नेपाली स्यटेलाइट सफलता पूर्वक अन्तरिक्ष केन्द्रमा जोडिन सफल

काठमाडाैँ । नेपालमा पहिलो पटक नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट –१’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको छ ।




सोमबार ललितपुरको खुमलटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पत्रकार सम्मेलनमा ‘नेपाली स्याटेलाइट –१’ पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्यमा सफल भएको जानकारी दिएको छ ।
जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई वैशाख ५ गते अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।
उक्त स्याटेलाइट वैशाख ६ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले बताएका छन्। स्याटलाइटबाट अन्तरिक्षबाट पठाएको तस्वीरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्वजानकारी पाइनेछ ।

No comments

Powered by Blogger.