"The Vulture and the Little Girl" यस्तो पुरस्कार पाउदा पनि किन गरे त आत्माहत्या?

यस तस्विरलाई "The Vulture and the Little Girl " नाम दिइएको थियो। यो तस्विरमा एउटा गिद्ध भोकले मर्न लागेकि सानि बच्चीको मृत्युको प्रतीक्षा गरिरहेको छ। 

यो तस्बिर एउटा साउथ अफ्रिकन फोटोग्राफर केविन कार्टरले सन् 1993 मा सुडानमा अनिकालको समयमा खिचेको थियो र त्यसबापत उनले पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको थियो। तर कार्टरले यस सम्मानको आनन्द केही दिन मात्र लिन पाए। किनकि केहि महिना पछि मात्र उनले 33 बर्ष बर्षको उमेरमा उनले आत्महत्या गरे के भयो त निसन्देह उसले जब पुरस्कारबाट सम्मानित भए र खुसियाली मनाउदै थिए, सारा दुनियाँमा। देशका प्रमुख च्यानल सञ्चार माध्यममा चर्चा भइरहेको थियो। जब उसलाई एउटा पत्रकारले फोन अन्तर्वार्तामा सोध्यो कि त्यसपछि त्यो बच्चीको के भयो "कार्टरले भन्यो म त्यहा रोकिएन किनकी उसले आफ्नो फ्लाइट पकड्नु थियो। यस्ता कुरामा उक्त व्यक्तिले भन्यो " म तपाईलाई भनिरहेको छु कि त्यस दिन त्यहाँ दुईवटा गिद्ध थिए, जसमध्ये एउटाको हातमा क्यामेरा थियो"। उक्त कथनले कार्टरलाई यति बिचलित बनायो कि अन्त्यमा अवसादमा पुगेर आत्महत्या गरे।

त्यसैले कुनै पनि स्थितिमा केहि कुरा हासिल गर्नु भन्दा पहिले मानवता जगाउनुपर्छ। कार्टर आजपनि जिबित रहन्थे यदि उसले बच्चीलाई उठाइएर युनाईटेट नेशन्स को फिडिङ सेन्टर पुर्‍याएको भए जँहा पुग्नको लागि बच्ची कोशिस गरिरहेकी थिइन् ।

त्यसैले जब कुनै मौका पर्छ त्यस्तो परिस्थितिमा फोटो खिच्नुको सट्टा मदत गर्ने कोसिस गर्नुहोस ।

No comments

Powered by Blogger.